
काठमाडौंः देशैभर हालसम्म ५० हजार ४६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन सय १७ जनाको भने संक्रमणबाट ज्यान गएको थियो ।