शोकलाई शक्तिमा बदल्दै सरिता, जो आफन्तको वियोग अरुलाई बचाउन सघाएर भुल्दैछिन्

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणकै कारण भीमादको एक परिवारका तीन सदस्यले ज्यान गुमाउनुप¥यो । कमैले भोग्नुपर्ने त्यो त्रासद् दिन अभिभावक गुमाएकी व्यास ३ निवासी सरिता श्रेष्ठको स्मृतिपटलबाट अझै हट्न सकिरहेको छैन ।


आँखै अगाडि बुबा, ठुलोबुबा र काका गुमाएकी सरितालाई कोरोना संक्रमणले छाडेको पीडा कहिल्यै बिर्सन नसकिने छ, तर उनी त्यो शोकलाई शक्तिमा बदल्न चाहन्छिन् ।
सोही घटनायता उनले कोरोना संक्रमितको उपचार र स्याहारमा सकेको सघाउने अठोट गरिन् । ‘अस्पतालभित्र आफन्त जान नमिल्ने भित्र चिकित्सकले स्याहार नदिने,’ उनले भनिन्,‘यस्तो बेला संक्रमितलाई अझ स्याहार दिनुपर्ने रहेछ ।’


त्यही सम्झिएर उनले संक्रमितहरुको उपचारमा सकेको सघाउने निर्णय गरिन् ।
उनले त्यसयता दमौली अस्पतालको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमितलाई खाजा खुवाउन थालिन् ।


श्रेष्ठले लामो समयसम्म आफ्नै खर्चमा खाजा पठाइरहेकी छन् । तर उनको अभियानमा स्वतःस्फूर्त रुपमा सघाउने समेत बढिरहेका छन् ।


‘मेरै खर्चमा खाजा खुवाउँछु भनेर थालेको हुँ,’ उनले भनिन्,‘मैले त सदस्य गुमाएँ अरु कसैले गुमाउनु नपरोस् भनेर संक्रमितलाई पौष्टिक खाजा दिन थालेको छु ।’

तर केही समययता उनको अभियानमा सघाउने बढेका छन् । नेवाः खलःकी महिला नेतृ सरिता श्रेष्ठको अगुवाईमा शुरु अभियानका क्रममा सुभेच्छुकहरुले साथ दिइरहेका छन् ।


श्रेष्ठले लामो समयसम्म आफ्नै खर्चमा खाजा पठाइरहेकी छन् । तर उनको अभियानमा स्वतःस्फूर्त रुपमा सघाउने समेत बढिरहेका छन् ।
हौ मात्रद्द व्यास नगर गुठी समन्वय समितिका अध्यक्ष क्याप्टेन सन्तलाल श्रेष्ठले दुई दिन यस अभियानमा सघाएका छन् ।

यस अघि सुपर ममसहित विभिन्न व्यक्ति र संस्थाले यस अभियानमा सघाइसकेको श्रेष्ठले जानकारी दिइन् । उनले आफ्ना दिवंगत पितासहित परिवारका सदस्यको स्मृतिमा संक्रमित भएर उपचार गराइरहेका व्यक्तिहरुलाई नियमित खाजा उपलब्ध गराउन थालेकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी