अमेरिका निवासी गुरुङद्वारा पत्रकार कोषमा १० हजार सहयोग

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल अमेरीकाको न्यूयोर्क निवासी सुुवास गुरुङ्गले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम प्रदान गरेका छन् ।


गुरुङले कोषका लागि १० हजार ५ सय ५५ रुपयाँ सहयोग गरेका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई आइतबार सहयोग रकम हस्तान्तरण गर्दै उनले जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफुले सहयोग गरेको बताए ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अभियानमा सहयोग गर्नपाएकोमा आफुलाई खुशी लागेको गुुरुङले बताए ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १२ औं साधारणसभाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रस्ताव पास गरेकोमा पारित प्रस्ताव अनुसार हाल सम्म करिब एक लाख रुपयाँ संकलन भएको तनहुँ शाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी