प्रवक्ता दरैको नेतृत्वमा ऋषिङको लेखा समिति

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले लेखा समिती गठन गरेको छ । गाउँसभाको पूर्वसन्ध्यामा गाउँपालिकाको आर्थिक कारोबार तथा आर्थिक पाटो अध्ययन अनुसन्धान तथा आगामी दिनका लागि आर्थिक रुपमा सम्पन्न बनाउने रणनीति तयार गर्ने गरी बनेको समिति गाउँपालिकाका प्रबक्ता बिजय दरैको संयोजकत्वमा गठन भएको छ ।


हालै सम्पन्न गाउँकार्यपालिका बैठकको निर्णय अनुसार ५ सदस्यिय समिती गठन भएको र समितिमा प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल सदस्य सचिव रहने समितिमा गाउँसभा सदस्यहरु यम बहादुर थापा, शेरबहादुर आले र टोलनाथ थापा सहित ५ सदस्यिय समिति बनाईएको प्रवक्ता दरैले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी