भुम्सेटारमा मोटरसाईकल पल्टँदा रमेशको निधन

  • ख-
  • ख+

दमौलीः व्यास ५ पाटनबाट ऋषिङ १ झापुटार जाँदै गरेको मोटरसाईकल दुर्घटनामा पर्दा व्यास ३ देउराली नगरका एक युवकको ज्यान गएको छ ।

घटनामा परी चालक गम्भीर घाइते भएका छन् ।
ग ११ प ५५०४ नम्बरको मोटरसाईकल हिजो राती साढे ९ बजेतिर दुर्घटनामा परेको थियो ।

मोटरसाईकलको पछाडी सवार व्यास ३ देउराली नगरका २८ वर्षका रमेश श्रेष्ठ घाइते भएकामा दमौली अस्पताल ल्याइएपछि चिकित्सकले राती १० बजे मृत घोषणा गरेका थिए ।


मोटरसाईकल चालक व्यास ३ देउरालीनगर निवासी सागर थापा टाउकोमा लागेको र उनको चरक अस्पताल पोखरामा उपचार भैरहेको प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी