तनहुँमा कांग्रेस केन्द्रीय सदस्य पौडेलको ‘एक व्यक्ति एक मास्क ‘ शुरू

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गृहजिल्लामा ‘ एक व्यक्ति एक मास्क ‘ अभियान शुरू गरेका छन् ।
‘ कोरोना संकट सजिलै हट्ने देखिन्न ‘, उनले भने, ‘ अब आफैं जोगिन सचेतना दिन पनि यो अभियान शुरू गरेको हुँ ।’


उनले तनहुँ भर अभियानकै रुपमा थालिएको बताए । ‘ ‘कार्यक्रम लिएर जाँदा पनि सचेतना फैलाउन आवश्यक छ,’ उनले भने ।


२० लाख बढीको सहयोग
केन्द्रीय सदस्य पौडेलले तनहुँमा आठ थान अक्सिजन कनसन्ट्रेटरसहित पीपीइ र मास्क समेत हस्तान्तरण गरेका छन् ।


उनले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई चार  तथा भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २-२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।


पौडेलले जिल्लाभर ५० हजार सर्जिकल मास्क वितरण गर्दैछन् । जिल्लावासीलाई सचेतना फैलाउनु राजनीतिकर्मी भएकाले अभियान थालेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी