वातावरण दिवसमा गुणादीमा वृक्षारोपण

  • ख-
  • ख+

म्याग्दे: विश्व वातावरण दिवसका अवसरमा म्याग्दे गाउँपालिका वडा नं २ गुणादीमा रहेकाे हरित पार्कमा बृक्षारोपण गरिएको छ । नयाँ सोच र सृजना, पर्यावरणीय प्रणालीको पुनस्र्थापना भन्ने नाराका साथ आयोजना गरिएको दिवसमा ज्यान्ट्याङ सामुदायिक वन अन्तर्गत हरित पार्कमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो ।

वन डिभिजन कार्यालय तनहुँ र म्याग्दे गाउँपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाको सहकार्य एवं सामुदायिक वनको अायाेजनामा बृक्षारोपण गरिएको हो । बृक्षारोपणको सुरुवात गर्दै म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले प्रसस्त बोटबिरुवा र वाताबरण स्वच्छ भए मात्रै मानव जीवन सुरक्षित हुने बताइन् ।

मानविय क्रियाकलापलाई बाताबरण मैत्री बनाउनु पर्नेमा जोड दिदै उनले विरुवाको संरक्षण सबैको दायित्व भित्र पर्ने उल्लेख गरिन् । बाताबरण स्वच्छ र हराभर भए मात्रै विपद जन्य घटना र विभिन्न खाले रोगहरुबाट बच्न सकिने रानाको भनाइ थियो ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , वडा अध्यक्ष चन्द्रबहादुर रानाभाट , वडा सदस्य तारा रानाभाट , वन डिभिजन कार्यालयका नारायण प्रसाद काेइराला , मनाेज रानाभाट , पशुपति रानाभाट लगायतले वातावरण स्वच्छ हुनु नै मानविय जीवन सुरक्षित हुने बताएका थिए ।


कार्यक्रमले प्रकृति संरक्षणमा सकारात्मक सन्देश प्रवाह गरेको युवा विधान रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी