अप्ठेरोमा परेका व्यवसायी सघाउन सुनचाँदी व्यवसायीको कोषमा आठ लाख संकलन

  • ख-
  • ख+

पोखरा: नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले स्थापना गरेको कोभिड-१९ हेल्प डेस्कको लागि विभिन्न जिल्ला बाट मात्र नभई विदेशबाट पनि सहयोग आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश कार्यसमितिको आठौं बैठकले कोभिड –१९ हेल्प डेस्कको स्थापना गर्ने निर्णय गरे संगै सहयोग आउन थालेको हो । गण्डकी प्रदेशमा मात्र नभई देशै भरी रहेका सुनचाँदी व्यवसायीहरुलाई सकेसम्म सहयोग पुराउने उदेश्यले हेल्प डेस्कको स्थापना गरिएको थियो ।

हालसम्म कोभिड-१९ हेल्प डेस्क को लागि प्राप्त रकम ८ लाख ५ हजार १सय ६९ रुपैयाँ सहयोग भएको थियो । त्यसै गरी नेपाल सुनचाँदी व्यवसायी महासंघले २ लाख सहयोग गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघ, गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमले बताए ।

उनले भने अझै सहयोग आउने क्रम जारी नै छ ‌। गौतमका अनुसार यो सहयोग रकम जेठ २० गते सम्म प्राप्त भएको हो । बैठकले १९ सदस्यीय सल्लाहकार समिति ,१९ सचिवलय सदस्यीय यहि १०१ भित्र पर्ने गरी कोभिड –१९ हेल्प डेस्क स्थापना गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी