तनहुँ हाईड्रो निर्माणमा ‘ब्रेक थ्रु’ (भिडियोसहित)

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
बहुप्रतिक्षित तनहुँ जलविद्युत आयोजना निर्माणमा महत्वपूर्ण उपलब्धि भएको छ । जलाशययुक्त एक सय ४० मेगावाट क्षमताको आयोजनाको बाँधस्थल पुग्नका लागि खनिएको सुरुङ मार्गको निर्माणमा शुक्रबार ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख अच्युतबाबु घिमिरेले जानकारी दिए ।


व्यास ५ र ऋषिङ १ मा निर्माणाधिन आयोजनाको बाँधको काम थाल्नका लागि यो मार्ग निर्माण अपरिहार्य थियो । ‘बाँधस्थल पुग्न र अरु काम अघि बढाउनका लागि पनि यो मार्ग क्लियर हुनु जरुरी थियो,’ उनले भने,’ उनले भने,‘तर आज हामी सफल भएका छौं ।’


३ सय १४ मिटर लामो मार्गका लागि प्राविधिक तथा ईञ्जिनियरहरुले गत माघ महिनादेखि काम थालेका थिए । ‘कोभिडका बेला पनि दिनरात काम भैरहेको थियो,’ उनले भने,‘अब सुरुङ खन्ने काम पुरा भएको छ । यो आयोजना निर्माणमा कोसेढुंगा हो ।’


अहिले आयोजनाको विद्युतगृहको काम भने चिनियाँ सिनो हाईड्रो कम्पनीले गरिरहेको छ । अब बाँधको निर्माण भने कालिका सोम्दा जेभीले थाल्नेछ ।

ठेकेदार नियुक्ति तथा रद्द तथा नयाँ नियुक्तिमा भएको ढिलाई आदिकाि कारण सुस्त भएको आयोजनाको काम लकडाउनकै अवधिमा पनि धमाधम अघि बढिरहेको आयोजनाको सञ्चालक संस्था तनहुँ हाईड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए ।
तनहुँ जलविद्युत

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी