तनहुँमा प्रदीप पौडेलको ‘हरेक व्यक्तिलाई मास्क’ अभियान

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल मास्क अभियान लिएर गृहजिल्ला तनहुँ आउने भएका छन् ।


शनिबारबाट उनले जिल्लाका मास्क पुग्न नसकेका ठाउँमा मास्क र अन्य ठाउँमा स्वास्थ्य सामग्री समेत सहयोग पु¥याउने बताएका छन् ।


अभियानअन्र्तगत जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा पाँचवटा अक्सिजन कन्सन्ट्रेटर पनि वितरण गर्ने योजना रहेको पौडेलले जानकारी दिए ।

‘मेरो गृह जिल्ला तनहुँमा मास्कको अभावमा कोही पनि त्रसित हुन नपरोस् भनेर यो अभियान सुरु गरेको छु,’ पौडेलले सामाजिक सञ्जाल पोष्टमा लेखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी