उद्योग वाणिज्य संघद्वारा म्याग्दे गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

  • ख-
  • ख+

थर्पुः कोभिड संकट व्यवस्थापन महाअभियानअन्र्तगत तनहुँ उद्योग वाणिज्य संघले म्याग्दे गाउँपालिका छाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष माया रानालाई सहयोग हस्तान्तरण गरे । दुई थान सिलिन्डरसहित मास्क सेनिटाइजर, फेस सिल्ड, ग्लब्स, स्प्रे बक्स, डस्टबिन, पीपीई, तथा थर्मोमिटरसहितका सामग्री हस्तान्तरण गरिएको संघका थर्पू एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा संघका पदाधिकारीहरु तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलगायतको उपस्थिती थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी