ऋषिङका विपन्नलाई ‘मिग फाउण्डेसन’को सहयोग

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाका विपन्न समुदायलाई सामाजिक सेवाका क्षेत्रमा सक्रिय मिग फाउण्डेसनले राहत वितरण गरेको छ । लकडाउनका समयमा अति प्रभावित ती विपन्न वर्गका घर परिवारलाई दाल, चामल, नुन तेल जस्ता खाधन्न वितरण गरिएको मिग फाउन्डेसन नेपाल ऋषिङका संयोजक तिलबहादुर थापाले बताए ।


‘विपद्को समयमा रोजीरोटी गुमेका विपन्न परिवारलाई राहत वितरण गरेका हांै’,उनले भने,‘ऋषिङका सबै वडाका प्रतिनिधिसंग तथ्याङ संकलन गरी अति विपन्न परिवारलाई राहत वितरण गरेका हौं ।’

अहिले सम्म ऋषिङ वडा नम्बर ८ को पल्ट्याङ, ऋषिङ पुरानोथोक, वडा नम्बर ७ को राईथोक, घिरिङथोक, कान्छे, मचदाङ, अर्खलछाप, वडा नम्बरको ५ गवादी, राम्जाकोट गरी ४४ घरपरिवारलाई वितरण गरिसकेको छ । ऋषिङ गाउँपालिकाका सबै वडाका अति विपन्न १ सय ७ घर परिवारलाई वितरण गर्ने योजना रहेको उनले बताए । खाधान्न सामग्री पाउँदा उनीहरूले राहत महसुस गरेका छन् ।

ऋषिङ ८ पल्ट्याङकी कविता विकले राहत सामग्रीले १५ दिन सम्म परिवारले अघाउने गरी खान पाउने बताईन् । ‘लकडाउन भएदेखि ज्याला मजदुरी बन्द छ,’ उनले भनिन्, ‘छरछिमेकीसंग पैचो मागेर श्रीमान र छोरीहरूलाई जेनतेन गरी साँझ बिहान खुवादै आएकी छु।पैचो चामल पनि सकिसकेको थियो । अब कसरी दृष्टिबिहिन श्रीमान र छोरीहरूलाई कसरी खुवाउने भन्ने चिन्ताले निन्द्रा परेको थिएन ।’


उनले १५ दिन सम्म ढुक्क भए पनि त्यसपछि के गर्ने थाहा नभएको बताइन् । राहत स्वरूप खाधान्न पाउदा ऋषिङ ५ गवादीका सूर्य पोखरेलका परिवार पनि खुसी छन् । देश तथा विदेशबाट नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले मिग फाउन्डेसनको राहत कोषमा पठाएको रकमबाट रिसिङमा राहत बितरण गरिएको हो ।

राहत कोषमा संकलन भएको रकमले तनहुँको ऋषिङ,गोरखा, म्याग्दी, ,बाँके, प्युठान, कैलाली लगायतका जिल्लामा राहत वितरण गरिसकेको मिग फाउन्डेसन नेपालका प्रवक्ता पदम थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी