संक्रमित अत्यधिक बढेपछि शुक्लागण्डकी ८ मा अक्सिजनसहितको आइसोलेसन

  • ख-
  • ख+

दमौलीः कोरोना संंक्रमितको संख्या बढ्न थाले पछि शुक्लागण्डकी ८ वडा कार्यालयले आफ्नै वडाभित्र अक्सिजनसहितको आईसोलेसन निर्माण थालेको छ ।


एउटै वडामा एकै दिन तीन जनाको ज्यान गएको ठाउँमा संक्रमितको संख्या बढिरहेको छ । एन्टिजेन परीक्षणका क्रममा एकै दिन ३० जनामध्ये १४ जनामा पोजेटिभ देखिएको थियो । करिब ४५ जना सक्रिय संक्रमित देखिएकाले वडा कार्यालयले आफै्रं आईसोलेसन बनाउन थालेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए ।

‘सबै संक्रमित होम आईसोलेसनमा बस्ने अवस्था छैन,’ उनले भने,‘नमिल्नेहरुका लागि अक्सिजनसहितको आईसोलेसन तयार पारेका छौं ।’
बुधबारबाट आईसोलेसन सञ्चालनमा आउनेछ । वडाले आफ्नै सक्रियतामा वडाभित्रै अक्सिजनसहितको आईसोलेसन तयार पारेको जिल्लामै यो पहिलो घटना हो ।


यस अघि सोही वडाले संक्रमितका घर घरमा स्वास्थ्य विषयमा अध्ययन सकेका नर्स, अनमी तथा स्वास्थ्य सहायक परिचालन गरेर संक्रमितको अवस्थाबारे जानकारी लिने र आवश्यक स्वास्थ्य सहयोग घर घरमै उपलब्ध गराइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी