कोरोना संक्रमणः व्यास ४ का वृद्धको अस्पतालमा निधन

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण उपचाररत व्यास ४ का ६३ वर्षका वृद्धको निधन भएको छ ।


संक्रमण देखिए पछि केही दिनयता दमौली अस्पतालको कोभिड वार्डमा उपचाररत ती वृद्धको मंगलबार साँझ निधन भएको हो ।

निधन भएका उनको शवलाई पारिवारिक परम्पराअनुसार नेपाली सेनाको कालिभञ्जन गणका सैनिकले राती करिब १० बजेतिर अन्त्येष्टि गरेको व्यास ४ का वडाध्यक्ष विश्व न्यौपानेले दमौली न्युजलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी