ऋषिङकी मृगौला बिरामीलाई तनहुँ समाज यूकेबाट तीन लाख

  • ख-
  • ख+

ऋषिङः ऋषिङ ७ मैदानकी मृगौला फेल भएकी बिरामी चेतामाया थापाको उपचारका लागि तनहुँ समाज यूकेले करिब तीन लाख सहयोग गरेको छ ।

समाजले बेलायतबाट संकलन गरेर पठाएको दुई लाख ९३ हजार रुपैयाँ नेरेसो कोटदरबार उपशाखाको उपशाखाको एम्बुलेन्स प्रयोग गरी आज पोखरास्थित बिरामीकै डेरामा पुगी हस्तान्तरण गरिएको छ ।


सोसाइटीको समन्वयमा तनहुँ समाज यूकेका सल्लाहकार देवी आलेको अनुरोध र संयोजकत्वमा सहयोग संकलन भएको सोसाइटी सभापति ईन्द्र आलेले जानकारी दिए । मानवीय सहयोगको लागि समाजका अध्यक्ष लेख गुरूङसहित सल्लाहकार देवी आलेलगायत दातालाई आभार प्रकट गरिएको छ ।


चेतामायाले मृगौला प्रत्यारोपणका लागि रकम अभावका कारण हाल डायलाईसिस गराइरहेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी