म्याग्देद्वारा कर्मचारीको पारिश्रमिक काटेर कोरोनाबाट मृत्यु भएकालाई सहयोग दिने घोषणा

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
म्याग्दे गाउँपालिकाले आफ्ना कर्मचारीको तलब काटेर कोरोनाबाट मृत्यु भएकालाइ आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको जेठ १७ गते बसेको १११ औँ बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् ।

गाउँपालिका भित्र कोरोना संक्रमणका कारण कसैको मृत्यु भएमा मृतकको दाहसंस्कार तथा काजकिरियाका लागि रू १५ हजार आर्थिक सहयोग उपलब्ध गराउने र सो कार्यको लागि श्रोत ब्यबस्थापन गर्न गाउँपालिका कार्यालय , वडा र फिल्डमा कार्यरत ( स्वास्थ्य सेवाका कर्मचारी र शिक्षक बाहेक ) अरू सबै कर्मचारी पदाधिकारीको जेठ महिनाको शुरू तलव पारिश्रमिकबाट दुई दुई दिनको तलब कट्टी गर्ने निर्णय गरेको अध्यक्ष रानाले बताइन् ।

यस्तै संघीय सरकारबाट प्राप्त हुने भनिएको १० लाख तथा प्रदेश सरकार बाट प्राप्त हुने भनिएको ५ लाख कोभिड कोषमा जम्मा गर्ने निर्णय भएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । यस्तै हाललाई विद्यालय नखोल्ने , शैक्षिक सत्र २०७७ को कक्षा १ – ९ सम्मको बार्षिक मुल्यांकन विषयगत रूपमा यस अगाडि सञ्चालन भएका त्रैमासिक , अर्धबार्षिक परिक्षाको अंकलाइ आधार मानि ५० प्रतिशत अंक प्रदान गर्ने र वाँकि ५० प्रतिशत अंक निरन्तर विद्यार्थी मुल्यांकन प्रणालीका सुचकहरू , अनलाइन कक्षामा भएका सिकाइ , अन्य विधिबाट लिइएको मुल्यांकन लगायतलाई आधार मानि बार्षिक नतिजा तयार गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

विद्यालयले शैक्षिक सत्र २०७७ को बार्षिक मुल्यांकनको नतिजा जेठ मसान्तसम्म प्रकाशन गरि नयाँ शैक्षिक सत्रका लागि तयारी अवस्थामा रहन भनेको छ । गाउँपालिका भित्रका बैंक तथा बित्तिय संस्था हप्तामा तीन दिन दैनिक तीन घण्टा खोलि सेवा प्रवाह गर्ने गराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।

घरमै आइशोलेसनमा बसेका बिरामीलाई गाउँपालिका र विभिन्न संघसंस्थाको सहयोगमा स्वास्थ्यकर्मी सहित भेटघाट गर्ने , एम्बुलेन्स चालकलाई जनही १÷१ थान मोवाइल सेट , सिम र मासिक ३ सय ५० उपलब्ध गराउने , संक्रमण पुष्टि भएका विपन्न वर्ग पहिचान गरि नुन तेल , चामल लगायतको खाद्यान्न सामाग्री कोभिड कोषबाट वितरण गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ ।

६५ करोड बजेट

यस्तै सोहि बैठकले आगामी आर्थिक वर्ष ०७८ ÷ ०७९ को लागि म्याग्दे गाउँपालिकाले ६५ करोड ६६ लाख ३१ हजार रूपयाँ बजेट ल्याउने गरेर कार्ययोजना तयार पारेको म्याग्दे गाउँपालिकाका प्रबक्ता शिवसरण वाग्लेले बताए । बजेट मार्गदर्शन स्विकृतको लागि सरोकारवालासँग छलफल भइ वडा कार्यालयमा निर्णय पठाइएको वाग्लेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी