तनहुँमा फेरि उकालो लाग्यो कोरोना संक्रमण, ६१ संक्रमित, ४ मृत्यु

  • ख-
  • ख+

दमौलीः आईतबार साता दिनकै न्यून बिन्दूमा झरेको तनहुँको कोरोना संक्रमण फेरि उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा तनहुँमा ६१ जनामा संक्रमण भेटिएको छ ।

यस अघि आईतबार १७ जनामा संक्रमण देखिएकामा परीक्षण बढेसँगै संक्रमण पनि बढेको देखिएको छ ।

शुक्लामा ३, व्यासमा १ मृतक थपिए
पछिल्लो २४ घण्टामा प्राप्त विवरण अनुसार शुक्लागण्डकीमा मात्र ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । व्यासमा एक जनाको ज्यान गएको छ ।

शुक्लागण्डकी ८ का ६५ वर्षका वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, ३५ वर्षकी महिलाको मेडिप्लस अस्पताल तथा शुक्लागण्डकी ९ का ३२ वर्षका युवकको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।
व्यास ७ की ४९ वर्षिया महिलाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको निर्देशनालयले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी