थर्पु बजार एकाईद्वारा मनपाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

  • ख-
  • ख+

म्याग्दे ः तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाईले मनपाङ स्वाथ्य चौकी म्याग्दे ६ लाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

एकाईले ५०० पिस मास्क, ५लिटर सेनिटाइजर, १० वटा फेस सिल्ड, २ प्याक ग्लोब्स स्प्रे बक्स, डस्ट्बिन १ थान मनपाङ स्वाथ्य चौकीका कर्मचारी हिमाल गुरुङलाई प्रदान गरेको छ ।


नागरिकका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको सम्मान तथा आत्मबल बढाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघको कोभिड संकट व्यवस्थापन महाअभियान २०७८ अन्तर्गत सहयोग गरिएको एकाई सभापति भीमलाल श्रेष्ठले बताए ।


एकाईका पदाधिकारीको उपस्थितीमा चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीलाई सहयोग प्रदान गरिएको सचिव सुन्दरमणि अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी