अवरुद्ध भएको पाँच घण्टापछि पृथ्वी राजमार्गको यातायात नियमित

  • ख-
  • ख+

दमौलीः ग्यास बुलेट र ट्रक ठोकिएका कारण अवरुद्ध व्यास १२ कमलाबारी नजिकै पृथ्वी राजमार्गको यातायात पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।


डुम्रेबाट दमौली आउँदै गरेको ग १ ख ७१०१ नम्बरको ट्रक र सोही दिशाबाट आइरहेको भारतीय प्लेटको ००६ ए यु ०१९९७ नम्बरको बुलेट ठोकिएर पल्टिएका थिए ।


बिहान करिब साढे नौ बजे अवरुद्ध राजमार्ग डुम्रेको यान्त्रिक कार्यालयको क्रेनको सहायताले खुलाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।


एलपी ग्यासले भरिएका कारण लादिएको भएका कारण बुलेट हटाउन नसकिएकाले ट्रकतर्फको भागबाट यातायात नियमित बनेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी