तनहुँको निषेधाज्ञा एक साता थपियो, जेठ २२ सम्म निषेधाज्ञा

  • ख-
  • ख+

दमौलीः शनिबार राती सकिने तनहुँको निषेधाज्ञा अब आगामी सातासम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


प्रमुख जिल्ला अधिकारी सागर आचायएको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि एक साता अवधि थप्ने र त्यसपश्चात परिस्थिती हेरेर निर्णय गर्ने सहमति गरेको छ । जिल्ला समन्व्य प्रमुखसँगै केही तहका प्रमुख तथा प्रमुख प्रशासकियलाई आमन्त्रित रुपमा डाकिएको बैठकले कोभिड १९ परीक्षणको दायरा समेत बढाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।


यसैगरी, बैठकले संक्रमण निको भएका १४ दिन पुरा गरेकालाई समाजमा जाँदा परेको अप्ठेरो निराकरणका लागि सहजीकरण गर्ने समेत निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी