दमौली : वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिय कार्यक्रम गरीएको छ।डिभिजन वन कार्यालय तनहुँको आयोजनामा “वन डढेलो व्यवस्थापन सप्ताह २०८२” को अवसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा जिल्ला प्रमुख अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु,पत्रकारहरु लगाएको सहभागितामा अन्तरक्रिय गोष्ठी गरीएको थियो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको प्रमुख अतिथिमा भएको सो कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटको अध्यक्षतामा भएको थियो।
डिभिजन वन कार्यालय तनहुँले वन डढेलो व्यवस्थापन सप्ताह अन्तर्गत चैत १ देखि ६ गते सम्म विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरीएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए।
















