विमलनगर: तनहुँकाे विमलनगरमा सवारी दुर्घटना हुँदा घरमा क्षति भएकाे छ । आईतबार बिहान ९:३० बजेको समयमा दुर्घटना भएको हो ।
बन्दिपुर गा.पा.४ बिमलनगर स्थित पृथ्बीराजमार्गमा आँबुखैरेनीबाट दमौली तर्फ आउदै गरेको मधेस प्रदेश ०३-००२ख २१६२ न.को ट्रक चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको ऐ.बस्ने महेश श्रेष्ठ र संतोष श्रेष्ठको इट्टा माटोले बनेको जस्ताको छाना भएको मानिस नबस्ने २ तल्ले कच्चि घरमा ठक्कर खाई दुर्घटना थियो ।
ट्रक चालक जिल्ला चितवन राप्ती न पा वडा न ३ बस्ने वर्ष ३० को आषिश थिन र सहचालक मकवानपुर मनहरी न पा वडा न ९ बस्ने वर्ष २१ को मार्का तामाङकाे अबस्था सामान्य रहेकाे र घाईतेकाे उपचारको लागी लक्ष्मी सिटी अस्पताल डुम्रे पठाइएको र दुर्घटनामा महेश श्रेष्ठको घर पुर्ण रुपमा क्षती र संतोष श्रेष्ठको घरको आंशिक क्षति भए डुम्रे प्रहरी चाैकीका प्रमुख प्र.ना.नि.बिजयनाथ यादबले जानकारी दिए ।











