‘ गण्डकीमा तीन दिन निरन्तर वर्षा हुन्छ, सतर्क हुनु ‘

  • ख-
  • ख+

दमौली :गण्डकी प्रदेशमा हिमपात र वर्षा अझै तीन दिन जारी रहने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । शनिबारसम्म नै वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । बुधबार परेको वर्षा शनिबारसम्म जारी रहन सक्ने आशंका गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस सम्बन्धी सूचना जारी गर्दै
अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण  निरन्तर वर्षा हुने र यसको प्रभावले विभिन्न  ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था आउन सक्ने पूर्वानुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी