
दुलेगौंडाः ट्याक्टरबाट खस्दा शुक्लागण्डकी नगरपालिका १२ धामिकुनामा एक युवकको ज्यान गएको छ ।
लिलाचोक देखि धामिकुनातर्फ जाने क्रममा ग १ त ६८१८ नं.को ट्याक्टरको पछाडी सवार स्थानीय २५ वर्षका राजु पौडेलको खसेर ज्यान गएको हो ।
घाइते भै चरक हस्पिटल पोखरा पठाईएकामा उनको उपचारका क्रममा ज्यान गएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।