मर्निङ वाक गर्दागर्दै ‘पूर्ण’को अन्त्य

  • ख-
  • ख+

युवा उमेरमै सामाजिक राजनीतिक अगुवाको अन्त्य
दुलेगौंडा : झण्डै दशक अघि दुलेगौंडा छिरेका तत्कालीन ऋषिङ रानीपोखरी ८ का पूर्ण श्रेष्ठ केही समय वैदेशिक रोजगारीमा पनि गए । फेन्सी व्यवसायबाट पछिल्लो समय व्यवसायिक सफलता हात पारिरहेका उनी शुक्लागण्डकी एफएमका सञ्चालक समिति अध्यक्ष समेत थिए ।


४० को दशकको युवा उमेरमा सामाजिक कार्यमा लागिरहेका उनी राजनैतिक हिसाबले समेत सक्रिय नै थिए । नेकपा एमाले शुक्लागण्डकी ४ का अध्यक्ष उनै पूर्ण अघिल्लो दिनसम्म सामाजिक सञ्जालमा समेत राजनैतिक सामग्री शेयर गरिरहेका थिए । तर बुधबार विहानको एक खबरले सबैलाई छाँगाबाट खसेजस्तै भए ।


मर्निङ वाक गर्दा गर्दै लडेर अचेत उनलाई देख्नेहरुले त्यहींको तनहुँ सेवा अस्पतालमा पु¥याउँदा नपु¥याउँदै उनको प्राणपखेरु उडिसकेको थियो । चिकित्सकले हृदयाघातका कारण निधन भएको भनेका छन् ।

सामाजिक र राजनैतिक हिसाबले सक्रिय र सञ्चार संस्थामा समेत आवद्ध श्रेष्ठको युवा उमेरमै भएको अकस्मात निधनपछि उनका सुभेच्छुक तथा सुभचिन्तकले आश्चर्यमिश्रित श्रद्धासुमन प्रकट गरिरहेका छन् ।


उनका मित्र एवं व्यवसायी तथा राजनीतिकर्मी सुजित हिराचन एक असल व्यक्ति गुमाउनु परेको बताउँछन् । शुक्लागण्डकी नगरपालिकाका सूचना प्रविधि अधिकृत त्रिलोचन लम्साल खबरले त्यस क्षेत्र नै आश्चर्य र शोकमा परेको बताउँछन् ।


उनका मित्र तथा फरक आस्थाका राजनैतिक एवं सामाजिक अगुवा दानबहादुर श्रेष्ठ तथा ईन्द्र आलेसमेत पूर्ण श्रेष्ठ असल व्यक्ति रहेकाले निधनले सबै शोकमा डुबेको बताउँछन् ।

महासंघको शोक विज्ञप्ति
यसैबीच, नेपाल पत्रकार महासंघ तनहुँ शाखाले एक शोक विज्ञप्ति जारी गर्दै तनहुँ मिडिया नेटवर्कद्वारा संचालित शुक्लागण्डी एफ. एमका अध्यक्ष पुर्ण श्रेष्ठको बुधबार निधन भएको दुःखद् खबरले नेपालस्तब्ध र दुःखी भएको उल्लेख गरेको छ ।


शुक्लागण्डकी एफएमका संस्थापक उपाध्यक्ष रही संचालक समिति अध्यक्ष पदमा रहेर काम गर्दै आएका श्रेष्ठको निधनले तनहुँले संचार क्षेत्रको एक योग्य, कुशल, अनुभवी र संचार उद्यमी गुमाएको अध्यक्ष उज्वल पौडेल र सचिव प्रताप रानाद्वारा जारी विज्ञप्तिमा छ ।


महासंघले स्वर्गीय श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना का साथ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी