संस्थागत क्षमता मूल्याङ्कन नतिजामा म्याग्दे प्रथम, व्यास दोश्रो (कुन तह कुन स्थानमा ?)

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा तनहुँको म्याग्दे गाउँपालिका प्रथम भएको छ । गाउँपालिकाले जिल्लाका तहहरुमध्ये सर्वाधिक ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषय क्षेत्रमा तीन स्थिति विभाजन गरी उक्त नतिजा सार्वजनिक गर्ने गर्दछ , अधिकारीले भने ।

जनप्रतिनिधि , कर्मचारी र सबैको साथ र सहयोगले म्याग्दे गाउँपालिका प्रथम भएको हो अधिकारीले भने । म्याग्देले समग्र स्थितितर्फ ६५.४८, प्रक्रियागत स्थितितर्फ ६४.७१ र परिमाणात्मक स्थितितर्फ ७७.७८ प्रतिशत अङ्क प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

‘कार्य प्रगतिका आधारमा स्थानीय तहले अनलाइनमै सूचक अङ्क आवश्यक कागजात र प्रमाण पेश गरी दाबी गर्ने व्यवस्था अनुसार हामीले पेश गरेका थियौं, जसमा प्रथम हुन सफल भयौं ’, अधिकारीले भने । कर्मचारीको क्षमता अनुसार कामको जिम्मेवारी दिने र सही समयमा परिणाममूखी काम लगाएको कारण सफलता हात परेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।

‘हामी निरन्तर काममा लागिरहेका छौँ, बाहिर हल्ला र भाषण भन्दा पनि कामलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन् । उनले यसमा जनप्रतिनिधि, अहिलेका तथा पूर्व कर्मचारीको पनि भूमिका रहेको बताइन् ।
गाउँपालिकाले शासकीय प्रबन्धतर्फ ९४.४४, सङ्गठन तथा प्रशासनतर्फ १००, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ९०.९१, वित्तीय एवं आर्थिक व्यवस्थापन ८६.३६, सेवा प्रवाहतर्फ ७६.५६ प्रतिशत अङ्क प्राप्त गरेको छ । कार्यविधि अनुसार उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

निकै खुसि र प्रफुल्ल देखिएकि राना तनहुँको १० स्थानीय तहमध्ये महिलाले नेतृत्व गरेको एक मात्रै महिला हुन् । ‘हामी निरन्तर काममा लागिरहेका छौँ, बाहिर हल्ला र भाषण भन्दा पनि कामलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन् । उनले यसमा जनप्रतिनिधि, अहिलेका तथा पूर्व कर्मचारीको पनि भूमिका रहेको बताइन् ।
गाउँपालिकाले शासकीय प्रबन्धतर्फ ९४.४४, सङ्गठन तथा प्रशासनतर्फ १००, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ९०.९१, वित्तीय एवं आर्थिक व्यवस्थापन ८६.३६, सेवा प्रवाहतर्फ ७६.५६ प्रतिशत अङ्क प्राप्त गरेको छ । कार्यविधि अनुसार उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।


व्यास दोश्रो, बन्दीपुर तेश्रो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरणमा तनहुँको व्यास नगरपालिकाले ६९.५ , बन्दीपुर गाउँपालिकाले ६५ , भिमाद नगरपालिकाले ५७.५ , देवघाट गाउँपालिकाले ६०.५ र घिरिङ गाउँपालिकाले २७.७५ प्रतिशत अंक प्राप्त गर्दा म्याग्देले ७०.७५ प्रतिशत अंक ल्याइ प्रथम हुन सफल भएको अधिकारीले बताए ।

४ पालिकाको नतिजा आउन बाँकी
तनहुँका ४ पालिकाको नतिजा प्रकाशन हुन बाँकी छ । प्रकाशन हुन बाँकीमा शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिका रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी