व्यासको पीसीआर ल्याबका लागि प्रदेशबाट ५० लाख दिने मुख्यमन्त्रीको प्रतिवद्धता

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको सक्रियतामा व्यास १० दुम्सीमा निर्माण हुन लागेको पीसीआर ल्याबका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५० लाख दिने प्रतिवद्धता जनाएका छन् ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले मंगलबार ल्याबलाई सघाउनका लागि मुख्यमन्त्री गुरुङ तथा आर्थिक मामिला मन्त्री किरण गुरुङलगायत मन्त्री र अधिकारीसँग आग्रह गरेका थिए ।
स्वास्थ्य मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्रीको कार्यालयमा भएको छलफलका क्रममा प्रदेशको स्वास्थ्य मन्त्रालयका अधिकारी समेत सामेल थिए ।

छलफलका क्रममा मुख्यमन्त्रीले यसरी ल्याब प्रदेश सरकारले मात्र सञ्चालन गर्ने प्रचलन भए पनि व्यासको ल्याबमा सघाउन तयार रहेको बताएको व्यासका प्रमुख प्रशासकिय अधिकृत सिग्देलले बताए ।

‘हाम्रो अनुरोधमा उहाँ सकारात्मक हुनुभयो,’ उनले भने,‘यो गौरवको विषय हो ।’
व्यास नगरपालिकाले विज्ञप्ति निकालेर ल्याबका लागि प्रदेश सरकारबाट प्रतिवद्धता आएको भन्दै आभार प्रकट गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी