म्याग्देले भन्यो,’ आवश्यक परे विकास बजेट कटौती गरेर पनि भ्याक्सिन किन्छौं अनुमति पाऊँ’

  • ख-
  • ख+

दमौली: म्याग्दे गाउँपालिकाले कोरोना को नयाँ भेरियन्ट एकदमै फैलिएको भन्दै यथाशीघ्र उपलब्ध नहुने भए भ्याक्सिन खरिदका लागि अनुमति माग गरेको छ ।


गाउँपालिका अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले एक पत्र लेख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भ्याक्सिन न््माग गरेका छन् ।
पत्रमा नागरिकको माग अत्यधिक रहेको भन्दै यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।


उपलब्ध नहुने अवस्थामा नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर भए पनि खरिद गर्न तयार रहेको भन्दै गाउँपालिकाले विदेशबाट खरिद अनुमति माग गरेको छ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संक्रमण फैलिंदै गए पनि खोप आउने सम्भावना कम देखिंदा पत्राचार गरिएको पुष्टि गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी