वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई अक्सिजन मेसिन

  • ख-
  • ख+

आँबुखैरेनी : करुणा फाउण्डेशन नेपालको सहयोगमा आँबुखैरेनी गाउँपालिकालाई आज (मंगलबार) २ थान अक्सिजन मेसिन सहयोग गरिएको छ ।

वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा गाउँपालिकालाई सो अक्सिजन मेसिन सहयोग गरिएको हो । कोरोना भाइरस संक्रमणको विषम परिस्थितीमा गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन अक्सिजन उत्पादन गर्ने मेसिन हस्तान्तरण गरिएको वडा सदस्य केसीले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेललाई मेसिन हस्तानतरण गरिएको छ ।

आँबुखैरेनीमा अक्सिजन उत्पादन गर्ने मेसिनको आवश्यकता रहेको र सहयोग स्वरुप अक्सिजन मेसिन उपलब्ध गराएकोमा गाउँपालिकाको तर्फबाट केसीलाई धन्यवाद दिईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी