दमौली: तनहुँ उद्योग वाणिज्य संघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमार्फत जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारालाई स्वास्थ्य सुरक्षा सामग्री सहायता गरिएको छ ।
संघका पदाधिकारीहरुले मास्क, सेनेटाइजर, अक्सिमिटर, थर्मो मिटर, गम बुट, डस्टबिन, पीपीई लगायतका स्वाथ्य सामग्री संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।
संघले दमौली अस्पतालमा पनि यस्तै सहयोग गरेको संघको थर्पु बजार एकाई सभापति भीमलाल श्रेष्ठले बताए ।











