तनहुँमा कोभिड जोखिमः सबैभन्दा सुरक्षित तह ऋषिङ, कुन तहको के अवस्था ?

  • ख-
  • ख+

ऋषिङः तनहुँको ऋषिङ गाउँपालिका कोभिड जोखिमका हिसाबले सबैभन्दा सुरक्षित पाइएको छ । स्वास्थ्य कार्यालय तनहुँले उपलब्ध गराएको विवरण अनुसार हाल ऋषिङमा १० जना मात्र सक्रिय संक्रमित छन् ।

जसमध्ये दुई जना पछिल्लो २४ घण्टाको एन्टिजेन परीक्षण रिपोर्टका आधारमा थपिएका हुन् । गाउँपालिकाका दुई संक्रमित निको भैसकेका छन् ।


गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका नागरिकको बाहुल्यता भएको भन्दै कोभिड संक्रमण देखिएका गाउँपालिकावासीको सबै खर्च गाउँपालिकाले बेहोर्ने घोषणा गरेका थिए ।

गाउँपालिकाले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनसँगै आवतजावतमा गरेको कडाई र स्वास्थ्य सावधानीका कारण संक्रमणको अवस्था नियन्त्रणभित्र नै रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले बताए । ‘लक्षण देखिएकालाई परीक्षण गराउन जोड पनि दिइरहेका छौं,’ उनले भने ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका नागरिकको बाहुल्यता भएको भन्दै कोभिड संक्रमण देखिएका गाउँपालिकावासीको सबै खर्च गाउँपालिकाले बेहोर्ने घोषणा गरेका थिए ।

गाउँपालिकाले अहिले आफ्ना दुई स्वास्थ्य केन्द्रमा अक्सिजन आवश्यक पर्नेसम्मका लागि ध्यानमा राखेर आईसोलेसन उपचार केन्द्र तयार अवस्थामा राखेको छ । तर हालसम्म कसैले पनि सेवा लिनुपर्ने अवस्था नआएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाले भावी दिनमा पनि जोखिम हुन नदिन चाल्ने कुनै पनि कदममा कमी आउन नदिने अध्यक्ष श्रेष्ठले बताए । ‘कोभिड जोखिममा परेकालाई कुनै पनि सहयोगमा कमी आउन दिइने छैन,’ उनले भने ।


कुन तहको के अवस्था ?
संक्रमणको कम जोखिमका हिसाबले ऋषिङ पछि आएको आँबुखैरेनी गाउँपालिकामा हाल १४ सक्रिय संक्रमित छन् । यसैगरी देवघाटमा २० जना सक्रिय संक्रमित छन् । अधिक संक्रमितको सूचीमा व्यास नगरपालिका पहिलो स्थानमा देखिएको छ ।

जिल्ला सदरमुकाम र बढी चहलपहल हुने केन्द्र व्यासमा हालसम्म कुल 3 सय 22 सक्रिय संक्रमित छन् । यसैगरी दोश्रो स्थानको शुक्लागण्डकीमा एक सय 97, तेश्रो स्थानको भीमादमा एक सय 9 सक्रिय संक्रमित छन् ।
ऋषिङसँग जोडिएको घिरिङ गाउँपालिकामा कुल सक्रिय संक्रमित 82 छन् ।

मध्यमस्तरका बन्दीपुरमा ६० तथा भानु र म्याग्देमा ५०÷५० जना सक्रिय संक्रमित पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्