संक्रमण बढेको भन्दै थर्पुमा बुधबारसम्म औषधीबाहेकका पसल बन्द

  • ख-
  • ख+

थर्पुः तनहुँको थर्पु बजारमा बुधबारसम्म औषधीबाहेकका पसल बन्द हुने भएको छ ।
बजार भित्रका टोल विकास संस्थाका अध्यक्ष तथा व्यवसायीको छलफलबाट यस्तो निर्णय गरिएको एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।


बजारभित्र पनि कोभिड संक्रमण बढ्दै गएको भन्दै आफु सुरक्षित रहनका बुधबार रातीसम्म मानिस तथा पशुका औषधी पसलबाहेक अन्य पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको उनले बताए ।


एकाईका सचिव सुन्दरमणि अधिकारीले स्वास्थ्य सुरक्षाका लागि अत्यावश्यकबाहेक हिंडडुल नगर्न अनुरोध गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी