भीमादमा एकको मृत्यु, तनहुँमा संक्रमित ६१ थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ६१ ज्नामा कोभिड संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

संक्रमणका कारण ज्यान जानेमा भिमाद ६ कि ५४ वर्षिया महिला छन् । उनको उपचारका क्रममा पोखराको मेडिप्लस अस्पतालमा शनिबार ज्यान गएको थियो ।


तनहुँका संक्रमितमा ३० महिला र ३१ पुरुष छन् । स्वास्थ्य कार्यालयमा गरिएको एन्टिजेन परीक्षणका क्रममा १४ जनामा थप संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्