अझै घटेन कोभिड संक्रमण दर, २४ घण्टामा थप ५६ संक्रमित

  • ख-
  • ख+

दमौली:तनहुँमा पछिल्लो २४ घण्टामा ५६ जनामा कोभिड संक्रमण भेटिएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यसरी संक्रमितमा २३ महिला तथा ३३ पुरुष छन् ।


निकै ढिला गरी रिपोर्ट आउने गरे पनि पछिल्ला दिनमा संक्रमण दर ठूलो मात्रामा गिरावट नभएको केही दिनयता लगातार सार्वजनिक विवरणले देखाएका छन् ।


पीसीआर परीक्षण रिपोर्ट ढिला आउँदा संक्रमण फैलने क्रम अझ बढेको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्