अभियानद्वारा सुरक्षाकर्मीलाई मास्क र स्यानिटाइजर

  • ख-
  • ख+

आँबुखैरेनी: आँबुखैरेनीका युवा अभियन्ता अभियान श्रेष्ठले सुरक्षाका लागि सडकमा खटिएका सुरक्षाकर्मीलाई
स्यानिटाइजर र मास्क वितरण गरेका छन् ।


तनहुँको आँबुखैरेनी र डुम्रे तथा मुग्लिङ र जुगेडीमा पुगेर त्यहाँ खटिएका सुरक्षाकर्मीलाई श्रेष्ठले फेस शिल्ड, स्यानिटाइजर र मास्क तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।


‘ सबै घरमा बसेर जोगिएका छौं,’ उनले भने, ‘ तर प्रहरीले सीमित श्रोत साधनमा गरेको सेवा भाव देखेर सानो सहयोग गरेको हुँ ।’ उनले करिब ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी