
दमौलीः कोभिड संक्रमणका कारण तनहुँमा थप तीन ज्यान गएको छ । पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार तनहुँको व्यास ८ का ६८ वर्षका संक्रमितको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको निर्देशनालयको विज्ञप्तिमा छ ।
व्यास ६ का ६० वर्षका वृद्धको गण्डकी मेडिकल कलेज पोखरा तथा शुक्लागण्डकी ४ का ६५ वर्षका वृद्धको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।
प्रदेशमा १९ जनाको संक्रमणका कारण ज्यान गएको विवरण निर्देशक डा. विनोदबिन्दु शर्माले सार्वजनिक गरेका छन् ।