
दमौलीः व्यास १३ का ८० वर्षिय वृद्धको कोरोना संक्रमणका कारण निधन भएको छ । गत वैशाख २३ गते संक्रमण पुष्टि भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीमा २१ को मृत्यु
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१ ज्नाको ज्यान गएको छ । ज्यान जानेमा कास्कीका सात र स्याङजाका चार छन् ।
यसैगरी, तनहुँका एक सहित नवलपरासी पूर्वका पाँच, गोरखा र बाग्लुङका दुई दुई जनाको संक्रमणका कारण ज्यान गएको छ ।