कांग्रेस नेता पौडेलको सक्रियतामा तीन सय क्षमताको कोभिड अस्पताल सञ्चालन

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा राजधानीको नागार्जुनमा कोभिड संक्रमितको आपतकालीन उपचारका लागि तीन सय क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।


कोभिड संक्रमितको संख्या बढ्दै जान थाले पछि पौडेलले सामाजिक सञ्जालमा कोभिड अस्पताल सञ्चालन गर्ने अभियानमा सघाउनका लागि अपिल गरेका थिए । बिहिबारबाट सञ्चालनमा आएको अस्पतालमा तीन सय कोभिड संक्रमितको उपचार हुने बताइएको छ ।


अस्पतालमा ४० आईसीयु तथा तीन सय शैय्याको बेड छ । तत्काल अक्सिजन दिनु पर्ने बिरामीलाई अस्पतालले सेवा दिनेछ ।
अस्पताललाई सर्वांग अस्पतालले प्राविधिक तथा नेपाल चार्टड एकाउण्ट एसोसिएसनले प्राविधिक सहयोग गरिरहेको छ ।


‘कोभिड संक्रमणका कारण बिरामीले उपचार नपाउने अवस्था देखिन थाले पछि तत्काल यस्तो अस्पताल सञ्चालन गर्नुपर्छ भनेर थालेका हौं,’ उनले भने । पौडेलले गृह जिल्ला तनहुँको बेलचौतारास्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा आवश्यक उपकरणका लागि समेत आफूले पहल गरेको बताए ।

‘तनहुँमा पनि आवश्यकताअनुसार चाहिने मेडिकल सामग्री आपूर्तिका लागि पहल गरिरहेको छु,’ केन्द्रीय सदस्य पौडेलले दमौली न्युजसँग भने,‘जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वासका लागि केही सहयोग पठाइएको छ । अन्त पनि पहल गर्दैछौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी