
पोखरा : मुख्यमंत्री पृथ्वीसुब्बा सुरुङले स्वास्थ्य मन्त्रालय आफैं राखेर ११ मन्त्रालय पुर्याउँदै जिम्मेवारी बाँडफाँट गरेका छन्।
आठ मन्त्रालय रहेको प्रदेशमा यसपाली मन्त्रालय थप गरिएको हो, जसका लागि केही मन्त्रालय टुक्र्याइएको छ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जिम्मेवारीबारे जानकारी दिएको हो ।
मन्त्री रामशरण बस्नेतलाई हाललाई तीन मन्त्रालय दिइएको छ । उनले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य मन्त्रालय भने मुख्यमंत्री गुरुङले आफ्नै जिम्मामा राखेका छन् ।