कोरोना संक्रमणबाट तनहुँका पाँच जनाको मृत्यु,५६ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो सूचना अनुसार तनहूँमा एकैदिन अहिले सम्म कै धेरै जना संक्रमितको मृत्यु भएको विज्ञप्ती सार्वजनिक भएको छ । बुधबार सार्वजनिक विज्ञप्तिका अनुसार तनहुँका पाँच जनाको मृत्यु भएको हो । भानु नगरपालिका ४ का ७१ वर्षीय पुरुष तथा ६५ वर्षीय महिला, बन्दीपुर गाउँपालिका १ पुरुष, व्यास नगरपालिका १का ४१ वर्षीय पुरुष, र सुक्ला गण्डकी नगरपालिका ५ का ८१ वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो अपडेट अनुसार तनहुँका २१ महिला र ३५ जना पुरुषमा समेत संक्रमण देखिएको निर्देशनालयले विज्ञप्तिमा मार्फत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी