गण्डकी मन्त्रिपरिषद: पुरानै ५ अनुहार

  • ख-
  • ख+


पोखरा: लामो समय पछि गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गर्दै ५ जनालाई मन्त्री बनाएका छन्।
सबै पुरानै मन्त्रीलाई गुरुङले पहिलाकै जिम्मेवारी सुम्पिएका हुन्। किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका छन्।  किरण गुरुङलाई अर्थमन्त्री नियुक्त गरिएको छ भने दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। अरु मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन।

नवनियुक्त सबै मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी छन्। राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।

गुरुङ २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोना संक्रमणका कारण बिरामी परेको हुँदा उनले मन्त्रिपरिषद गठन गर्न सकेका थिएनन्। केही निको भएपछि उनले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन्।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्