श्याम्घामा चट्याङ पर्दा तीन घाइते, दुई अचेत

  • ख-
  • ख+

दमौलीः व्यास ६ तल्लो श्याम्घामा चट्याङ पर्दा तीन महिला घाइते भएका छन् । विहान साढे ८ बजे स्थानीयका घरमा परेको चट्याङबाट घाइतेमध्ये दुई अचेत भएकाले थप उपचारका लागि पोखरा पठाइएको छ ।


वडा सदस्य कृष्ण बिष्टका अनुसार चट्याङबाट घाइते तल्लो श्याम्घा निवासी मैयाँ विक र
चन्द्रकला विकलाई दमौली अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
बिष्टका अनुसार ऋषिङ १ घर भै आफन्तकहाँ आएकी सुमित्रा विकको भने दमौली अस्पतालमा उपचार भैरहेको छ ।


चट्याङले स्थानीय चन्द्रबहादुर थापा, लिलाबहादुर विक, देवराज विक, धनबहादुर विकलगायतको घरमा क्षति पु¥याएको छ । चट्याङले स्थानीय मानबहादुर बोहराको भैंसी पनि मरेको उनले जानकारी दिए । ‘धेरैको घर चर्किएको र मिटर जलेर क्षति भएको छ,’ वडाध्यक्ष सूर्यभक्त भण्डारीले भने ।

पहिरोले घर खसालेका चन्द्रबहादुरकै घरमा चट्ङयाम समेत पर्दा झनै क्षति पुगेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्