
दमौली: मृगाैलाको राेगबट निधन भएका ऋषिङ्ग-२, चैनपुर, तनहुँका नारायणसिंह रानाकाे परिवारलाई तनहुँ समाज यूकेले रू. ४१ हजार छ सय ५० सहयाेग गरेकाे छ ।
सल्लाहकार देवी अालेकाे समन्वयमा समाजले पठाएकाे उक्त रकम ऋषिङ्ग-७ का वडा सदस्य यम सारूले स्वर्गीय रानाकी पत्नी टकमाया रानालाई हस्तान्तरण गरेका हुन् ।
उक्त रकममध्ये समाजका अध्यक्ष लेख गुरूङबाट रू. ८,३३० र बाँकी समाजकाे काेषबाट प्रदान गरिएकाे हाे ।
अार्थिक अवस्था कमजाेर भएका स्वर्गीय रानाका दुई छाेराहरू छन् । उनीहरू दमाैलीस्थित बालमन्दिर माविमा अध्ययनरत छन् । ठूलाे छाेरा एलबिन कक्षा ७ र सानाे छाेरा प्रिन्स कक्षा २ मा अध्ययनरत छन् ।