तनहूँमा कोरोना संक्रमण इतिहासमा आज सम्मकै उच्च

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा अहिले सम्म कै धेरै जनमा संक्रमण देखिएको छ । मंगलबार एकै पटक ११२ जनामा संक्रमण थपिएका छन् । निर्देशनालयको पछिल्लो अपडेट अनुसार तनहुँका ५० महिला तथा ६२ जना पुरुषमा संक्रमण देखिएको निर्देशनालयले विज्ञप्तिमा मार्फत जनाएको छ । त्यसै गरी तनहुँका २ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । तनहुँको देवघाट गाउँपालिका ५ की ६८ वर्षीय महिला र व्यास नगरपालिका ३ का ७० वर्षका वृद्धको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी