अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा दमौलीका मोहन बतासको एक लाख

  • ख-
  • ख+


दमौली: देशमा अक्सिजनको चरम अभावका कारण कैयौं मानिसको ज्यान गए पछि अक्सिजन प्लान्ट देशमै स्थापनाका लागि बतास अर्गनाइजेसनका आनन्द बतासको सक्रियतामा संचालित रु एक सय अभियानमा दमौलीका मोहन बतासले एक लाख रुपैयाँ सहयोग गरेका छन्।


हङकङमा रेष्टुरेन्ट व्यवसायमा सक्रिय वरिष्ठ सेफ बतासले कोभिडको समस्या जटिल भइरहेका बेला बतास फाउण्डेशनले देशभर सानो रकमबाट थालेको अभियान उपयुक्त लागेर सहयोग गरेको बताए।


यस अभियान अन्तर्गत जेठ ५ सम्म संकलित रकमबाट अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेशकाा आनन्द बतासले जानकारी दिए ।

डिजिटल पेमेन्ट गर्नसकिने अभियानमा देश तथा विदेशबाट ठूलो संख्यामा नागरिकले साथ दिएको फाउन्डेसनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी