ऋषिङका काेभिड संक्रमितको सबै खर्च गाउँपालिकाले गर्ने

  • ख-
  • ख+

ऋषिङ : ऋषिङ गाउँपालिकाले कोभिड संक्रमितको सबै उपचार आफैं गर्ने प्रतिवद्धता जनाएको छ। गाउँपालिकामा कोभिड संक्रमण रोकथाम गर्न आयोजित विज्ञ सम्मिलित सर्वपक्षीय बैठकमा गाउँपालिकाले यस्तो प्रतिवद्धता जनाएको हो ।


नागरिकहरूसमेतकाे याेगदानमा काेभिड राहत काेष स्थापना गर्ने भन्ने प्रस्ताव आए पनि  नागरिकलाई अार्थिक भार नपारी यसकाे सम्पूर्ण प्रबन्ध गाउँपालिकाले मिलाउने प्रतिवद्धता बैठकमा अध्यक्ष श्रेष्ठले जनाएका थिए ।


भेला भतेर पूर्ण रोक्ने
काेभिड जोखिम बढेको भन्दै ऋषिङ गाउँपालिकाले गाउँमा विवाह, भाेजभतेर, मेलालगायतका मानिसहरूकाे भीडभाड हुने कार्य तत्काल राेक्ने निर्णय गरेको छ ।

संक्रमण बढिरहेको र जोखिम समेत बढेको भन्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जुम मार्फत संचालित विज्ञ सम्मिलित बैठकमा स्थानीयको यस कार्यमा साथ लिने र  गाउँपालिका प्रवेश गर्ने नाकाहरूमा कडा निगरानी राख्ने प्रतिवद्धता जनाए ।

गाउँपालिकाले केही दिन भित्र नै PCR टेष्ट शुरू गर्ने र भ्याक्सिनकाे लागि अावश्यक तयारी गर्ने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाए ।

बैठकमा विभिन्न सञ्चार माध्यमबाट काेभिडसम्बन्धी जनचेतना फैलाउने, बाह्य जिल्ला वा देशबाट अाएका गाउँपालिकावासीहरूलाई १५ दिन क्वारेन्टिनमा राख्ने लगायत निर्णय भएको नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखा सभापति ईन्द्र आलेले जानकारी दिए ।


गाउँपालिकाको गाडीले बिरामी बोक्ने
बैठकमा बिरामीका गाउँपालिकाकाे गाडी प्रयाेग गर्ने प्रतिवद्धता पनि गाउँपालिकाले जनाएको छ।
तनहुँ हाइड्राेकाे काम भइरहेकाे र उक्त हाइड्राेका कामदारकाे दैनिक अावतजावतकाे कारण संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी सम्भावित संक्रमण राेक्न अावश्यक पहल गर्ने पनि गाउँपालिका ले बताएको छ।

पूर्वमन्त्री शिवलाल थापा, सभासद झुलबहादुर अाले र गण्डकी प्रदेश लाेकसेवा अायाेगका सदस्य कल्पना लम्साल, प्र. म. कार्यालयका शाखा अधिकृत सुरथ पाेख्रेल तथा डा. विक्रम थापामगरलगायतका व्यक्तित्वहरूकाे सहभागितामा सम्पन्न उक्त बैठकमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले काेभिडबाट जनतालाई सुरक्षित राख्न हरसम्भव सबै उपाय अवलम्वन गरिने प्रतिवद्धता जनाएका थिए ।

उक्त अवसरमा नेपाल रेडक्रस साेसाइटी काेटदरबार उपशाखा तनहुँले गतवर्ष ३२ जना काेभिड संक्रमितलाई नि:शुल्क सेवा एम्बुलेन्स सेवा प्रदान गरेकाे र यसपटक पनि उक्त नि:शुल्क सेवा जारी रहने सभापति ईन्द्र आलेले जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्