
दमौली:पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण तनहुँका तीन जनाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसै अवधिमा गण्डकी प्रदेशमा २८ जनाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमा व्यास ४ बागबजार निवासी ८० वर्षीया वृद्धा र व्यास १३ निवासी ९० वर्षका वृद्ध छन्।
दमौली अस्पतालमा उपचार पछि फर्केकी वृद्धाको साँझ ज्यान गएको निर्देशनालयले उल्लेख गरेको छ ।
यसैगरी, नेशनल एपोलो अस्पतालमा उपचारका लागि गएका व्यास १३ का ९० वर्षका वृद्धको पनि निधन भएको उनले जानकारी दिए ।
घिरिङ ३ का ६४ वर्षका वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको थियो ।
व्यासका दुवैको आईतबार नेपाली सेनाले बुल्दी पारी दमौली शव दाहस्थलमा अन्त्येष्टि गरेको थियो । घिरिङका व्यक्तिको भने कास्कीमा नै सैनिकले अन्त्येष्टि गरेका थिए ।