भन्सार : भानु नगरपालिकाले आफ्नो नगर क्षेत्रको एक अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।
भानु ५ स्थित पुरनडिही अस्पतालले अब एक पटकमा कोभिडका १५ बिरामीलाई उपचार सेवा दिन सक्छ ।
अक्सिजन सहितको बेडकाे नगर प्रमुख उदयराज गौलीले निरीक्षण गरे ।
उनले केही दिन भित्र नै क्षमता वृद्धि गरी २५ बेड संचालनमा ल्याइने र आवश्यता अनुसार थप गर्दै जाने गौलीले बताए ।
उपप्रमुख आशा थापा, प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद तिवारी, बरिष्ठ अधिकृत सुनिल पाण्डे लगाएत वडा अध्यक्षहरु , वोर्ड सदस्य तथा कर्मचारीहरु समेतले अस्पतालको निरीक्षण गरेका थिए। कसैलाई पनि सेवा चाहिए सम्पर्क गर्न सकिने नगर उपप्रमुख आशा थापाले बताइन् ।
कोभिड बिरामीका लागि नगरपालिकाले एम्बुलेन्स समेत तयार लामाे समयदेखि दुर्घटना परी बिग्रिएर बसेको चन्द्रावती सामुदायीक अस्पतालको एम्बुलेन्स पनि मर्मत गरेर तैयारी अवस्थामा राखिएको प्रमुख प्रशासकिय अधिकृत भिमप्रसाद तिवारीले जानकारी दिए।
बिरामीहरूको आकस्मिक सेवाका लागि अस्पतालमा अहिले १ डाक्टर, स्टाफ नर्स र अनमी गरी ४ जना,एच ए र अ हे व गरी ३ जना , कार्यालय सहयोगी ३ जना गरी जम्मा ११ जनाले २४ सै घण्टा सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
भानु नगरपालिकामा समेत पछिल्लो समय कोभिड संक्रमित बढ्न थालेका छन् ।













