जोखिम बढेको भन्दै नगर क्षेत्रमा औषधी बाहेकका पसल बन्द गर्न व्यासको प्रस्ताव ( व्यासका निर्णयहरु सहित)

  • ख-
  • ख+


दमौली: नगर क्षेत्रमा कोभिड संक्रमणको दर बढ्दै गइरहेको भन्दै व्यास नगरपालिकाले नगर क्षेत्रमा औषधिजन्य बाहेक सबै पसल पूर्ण रुपमा बन्द गर्न प्रस्ताव गरेको छ ।
नगर क्षेत्रमा संक्रमणका कारण ज्यान गुमाउने तथा संक्रमितको संख्या समेत बढिरहेका बेला यस्तो व्यवस्था गर्न नगरपालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड-१९ का बिरामीहरुको मृत्यू हुने क्रम बढी रहेकाले जात, धर्म, संस्कार अनुसार मृतकहरुको व्यवस्थापन गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को सहयोग लिई स्थानीय टोल संस्था समेत संग सहयोगका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले नगरपालिका अन्तरगतका सम्पुर्ण सामुदायीक तथा निजी शैक्षिक संस्थाहरुको पढाई, परिक्षा, ट्यूसन कक्षा अर्को व्यवस्था नहुदाँसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

व्यास न.पा वडा नं १२ का घरमा बस्ने वातावरण नभएका संक्रमितहरु लाई छिर्कने स्थित वन कार्यालय भवनलाई उपयोग गर्ने कार्यका लागि जिल्ला वन कार्यालय, तनहुँलाई अनुरोध गरी पठाउने निर्णय बैठकले गरेको छ ।

नगरपालिकाका अनुसार व्यास नगरपालिका क्षेत्र भित्रका कतिपय रुघा, खोकि तथा ज्वोरोका विरामिहरुले PCR को दायरामा आउन आनाकानी गरेको भन्ने गुनासो आएकाले सम्पुर्ण टोल विकास संस्थालाई परिचालन गरि आफ्नो टोल छिमेकमा त्यस्ता प्रकृतिका विरामिहरु देखिएमा PCR परिक्षण गर्न गराउन सम्बन्धित वडा अध्यक्षले आवश्यक समन्वय तथा सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले व्यास वडा नं २ स्थित कृषि विकास वैंकको भवनमा रहेको सामुदायीक आईसोलेसन केन्द्र आजैबाट सञ्चालन गर्ने र जटिल विरामीलाई थप उपचारका लागि अन्य कोभिड-१९ सम्बन्धि अस्पताल संग समन्वय गरि पठाउने निर्णय पनि गरेको छ ।

नगरपालिकाका मुल कार्यालय र वडा कार्यालयहरुद्वारा प्रवाह हुदै आएका नियमित सरसफाई, वारुण यन्त्र र स्वास्थ्य सम्बन्धी सेवाहरु बाहेकका अन्य सम्पुर्ण सेवाहरु आगामी जेठ १९ गते सम्म बन्द गर्ने निर्णय गरिएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी