कोभिड संकट: दमौलीमा २४ घण्टामा ज्यान गुमाएका २ को सैनिकद्वारा अन्त्येष्टि

  • ख-
  • ख+


दमौली: शनिबार र आइतबार गरी दमौलीमा कोभिड संक्रमणका कारण ज्यान गुमाएका दुई जनालाई नेपाली सैनिकले अन्तेष्टि गरेको छ ।


यसरी ज्यान गुमाउनेमा व्यास ४ बागबजार निवासी ८० वर्षीया वृद्धा र व्यास १३ निवासी वृद्ध छन्।


दमौली अस्पतालमा उपचार पछि फर्केकी वृद्धाको साँझ ज्यान गएको व्यास ४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।
यसैगरी, नेशनल एपोलो अस्पतालमा उपचारका लागि गएका व्यास १३ का ९० वर्षका वृद्धको पनि निधन भएको उनले जानकारी दिए ।


दुईटा चिता बनाएर दुवैको आईतबार नेपाली सेनाले बुल्दी पारी दमौली शव दाहस्थलमा अन्त्येष्टि गरेको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्